इजरायलमा घेदुङले सांगीतिक कार्यक्रम गर्ने

नेपाल तामाङ घेदुङ, इजरायलले आगामी सेक्टेम्बर १६ तारिखका दिन इजरायलमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा नेपालको प्रख्यात ब्याण्ड मंगोलियन हार्टको प्रस्तुति रहने बताइएको छ ।

घेदुङले सन् २०१८ मा स्थापना गरेको ‘तामाङ शैक्षिक अक्षयकोष’ मा योगदान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ । कोषले विगत लामो समयदेखि नेपालका विभिन्न जिल्लामा रहेका असहाय, जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई छात्रवृत्ति दिँदै आइरहेको छ ।

कार्यक्रमलाइ सफल बनाउन आयोजकले इजरायलमा क्रियाशील सामाजिक, धार्मिक, संस्कृतिक, राजनीतिक संघ संस्था, संगठन समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतलाई उपस्थितको निम्ति निम्तो गरेको छ । साथै त्यो दिन कार्यक्रम नजुधाईदिन समेत घेदुङले त्यहाँस्थित विभिन्न संघ संस्थालाइ आग्रह गरेको छ ।

Leave a Comment