धान दिवसमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले असार १५ गत्ते सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले जुम्ला जिल्ला बाहेक कर्णालीका नौ ओटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताईएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै असार १५ गतेलाई सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारको गत चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार बिदा दिइएको जनाईएको छ ।

Leave a Comment