कोरोनाबाट ४४ जना संक्रमित,

देशभर आज ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएकाे हाे । जसमा पिसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा १७ जना रहेका छन् भने आज ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Comment