बामदेव गौतमले नयाँ पार्टी खाेल्ने

नेकपा(एमाले)का पूर्व उपाध्यक्ष राष्ट्रियसभा सदस्य बामदेव गौतमले नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टी  खाेल्ने घोषणा गरेका छन् । नेकपा ब्युताउने उदेश्यसहित पार्टी एकता राष्ट्रिय अभियान चलाईरहेका नेता गौतमले आज नयाँ पार्टी खाेल्ने घोषणा गरेकाे हुन् ।

उनले आफु केपी ओलीसँग नजाने बताउँदै आएका थिए भने माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीका लागि चुनावी गीत समेत लेखिदिएका थिए । पूर्व उप प्रधानमन्त्री समेत रहिसकेका गौतम हाल राष्ट्रिय सभा सदस्य छन् । गौतमले राजधानीमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न  लागेका हुन् ।

उनकाे नयाँ पार्टी घोषणा नहुँदै विवादमा परेको छ । ६९ जनाको केन्द्रीय समितिमा वामदेवले पत्नी, छोरा र स्वकीय सचिवलाई पनि समेटेपछि ‘परिवारवाद’ हावी भएको भन्दै शुरुमै विवादित बनेको हो ।

आज सार्वजनिक केन्द्रीय सदस्यको सूचीमा पहिलो नम्बरमा संयोजकसमेत रहेका वामदेवको नाम छ । प्रतिनिधिसभा सदस्यसमेत रहेकी उनकी श्रीमती तुल्सी थापाको नाम दोस्रो नम्बरमा राखिएको छ ।

त्यस्तै, गौतम दम्पतिका सुपुत्र हरिसदेव गौतम पनि केन्द्रीय सदस्य बनेका छन् । उनको नाम सूचीको पाँचौँ नम्बरमा छ । त्यस्तै, संयोजक गौतमका पिए दिपकुमार टमाटा केन्द्रीय सदस्यको सूचीमा छैटौँ नम्बरमा रहेकाे छ ।

Leave a Comment