पेट्रोलियम खानी खन्न चिनियाँ प्राबिधिक टोली नेपालमा

कर्णाली प्रदेशकाे दैलेख जिल्लामा रहेको पेट्रोलियम खानी खन्नका लागि चिनियाँ प्राबिधिक टोली नेपाल आएका छन् । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधिर रजौरेका अनुसार चिनका अवकास प्राप्त प्राध्यापक टान फुयनको नेतृत्वमा सात सदस्यिय चिनियाँ प्राबिधिक टोली नेपाल आएका हुन् ।

करिब एक महिना नेपालमा बसेर चिनियाँ जिओलोजिकल सर्भेको सो टोलीले दैलेखस्थित पेट्रोलियम खानीको थप अध्ययन गर्ने बताइएकाे छ । नेपाली प्राबिधिकहरुको टोलीसहित उक्त चिनियाँ विज्ञ समुहले पेट्रोलियम पदार्थको उत्खननका लागि कहाँ कहाँ ड्रिल गर्ने भन्ने एकिन गर्ने बताइएकाे छ ।

चिनियाँ प्राबिधिक सम्मिलित समुहले चार ठाउँमा चार किलोमिटर गहिराईसम्म ड्रिल गर्ने तयारी छ । त्यस्तो ड्रिल गर्ने स्थानको पहिचान साेही समुहले गर्नेछन् । ड्रिल गर्नका लागि ५० टन भन्दा ठूला मेसिन समेत ल्याईँने तयारी रहेकाे छ ।

बर्षाकाे अवधीमा तयारी सक्ने र त्यस लगत्तै ड्रिल आरम्भ गर्ने पनि महानिर्देशक रजौरे जानकारी दिएका छन् । करिब पाँच महिनामा ड्रिलको काम सम्पन्न भएर के कति ? इन्धन छ ? भन्ने तथ्य पत्ता लाग्ने पनि उनले बताएका छन् ।

Leave a Comment