काठमाडौंमा हैजा फैलियाे, १२ जना बिरामी

काठमाडौंमा पछिल्लो सातादेखि फैलिएको हैजाका कारण १२ जनामा हैजा देखिएको छ । जसमध्ये ८ जना निको भएर घर फर्के पनि ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावनालाई विचार गरेर अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताइएकाे छ ।

प्रतिनिधिसभा अन्तरगत शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा निर्देशक दासले उक्त जानकारी दिएकाे हाे । चार जना बिरामीको अहिले टेकु अस्पताल, पाटन अस्पताल र बयोधा अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।

काठमाडौंको बागबजार र डिल्लीबजार तथा ललितपुरको सानेपा क्षेत्रको पानीमा हैजाको जीवाणु भेटिएकाले सो क्षेत्रका वासिन्दामा उक्त जोखिम धेरै देखिएको हो । हालै गरिएको नमुना परीक्षणमा राजधानीका बोरिङ, पम्प, जार र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको खानेपानी अधिकांश प्रदूषित रहेकाे पाइएको छ ।

यसैबीच कोरोना महामारीको नयाँ लहरको सम्भावना बढेकाले हैजाको महामारी पनि थपिए अवस्था भयावह हुनेतर्फ सचेत रहन सांसदहरुले सुझाव समेत दिए ।

Leave a Comment